नियम १२४
मालसामानको लिलाम बिक्रि तथा रकम असूली गर्ने
(१) नियम १२३ उपनियम
(४) बमोजिम अस्वीकृत मालसामान आपूर्तिकर्ताले तत्काल फिर्ता नलगे खरिद
सम्झौतामा तोकिएको समयावधिभित्र त्यस्तो मालसामान उठाई फिर्ता लैजान र सोको
सट्टा स्पेसिफिकेशन बमोजिमको सामान आपूर्ति गर्न स्थानीय निकायले आपूर्तिकर्तालाई
लिखित जानकारी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जानकारी हुलाक वा कुरियर सर्भिस मार्फत
पठाउने भए फिर्ती रसिद सहितको पत्र पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको सूचनाको अवधि भित्र आपूर्तिकर्ताले मालसामान
बुझिलिन अस्वीकार गरेमा वा खरिद सम्झौतामा तोकिएको समायावधिभित्र उठाई
नलगेमा सम्बन्धित स्थानीय निकायले त्यस्तो मालसामान लिलाम गरी सो मालसामान
भण्डारण गर्न लागेको खर्च र त्यस सम्बन्धी अन्य खर्चहरु, बा“की रहेको पेश्की रकम,
पूर्व निर्धारित क्षतिपूर्ति र निजले स्थानीय निकायलाई तिर्नु पर्ने अन्य कुनै रकम भए
सो रकम समेत लिलाम बिक्री मूल्यबाट कट्टा गरी बा“की रहेको रकम
आपूर्तिकर्तालाई फिर्ता गर्नु पर्नेछ ।धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ज्ञण्छ
(४) उपनियम (३) बमोजिमको लिलाम बिक्रीबाट प्राप्त भएको रकम समेतबाट
असूल हुन नसकेको रकम आपूर्तिकर्ताबाट प्रचलित कानून बमोजिम सरकारी बा“की
सरह असूल उपर गरिनेछ ।